Bisal Chautari Logo

हङकङसँग नेपाल पराजित, विश्वकप खेल्ने सपना जटिल बन्दै

- २७ आश्विन २०७४, शुक्रबार ०९:४२ मा प्रकाशित


Nepal defeated with Hong Kong
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २७ शुत्रबार । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल हङकङसँग पराजित भएको छ। टस जितेर फिल्डिङ रोजेको नेपाली टोली हङकङको घरेलु मैदानमा ८३ रनले पराजित भयो। हङकङले १९५ रनको लक्ष्या दिएको थियो । नेपाल ३५ औं ओभरमा १११ रन बनाउँदा अलआउट भए ।
नेपालका लागि कप्तान पारस खड्काले २६, उपकप्तान ज्ञानेन्द्र मल्लले २१ र आरिफ शेख, विनोद भण्डारी १८ बाहेक अरुले उल्लेख्य रन बनाउन सकेनन्। सोमपाल कामी ११ रन बनाएर आउट भए। अन्य खेलाडीहरुले राम्रो रन बनाउन सकेनन्।
पहिलो खेल खेलिरहेका सुजन भारीले एलबी डब्लुको धरापमा पार्नु अघि हङकङका जेमी एट्किन्सनले ७६ रन बनाएका थिए। तनवीर अजफल ३८ रन बनाएर हङकङको योगफललाई १९४ सम्म र्पुयाएका थिए।
विश्वकप छनौट खेलमा खेल्नका लागि ८ वटा टोली यति बेला प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् ।
हालसम्म १० खेल खेलेको नेपाल मात्र ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । नेपाल आफ्ना ११ खेलमध्ये ५ मा जीत तथा ६ मा हार बेहोरेको छ ।

प्रतिक्रिया