Bisal Chautari Logo

अरूले माझेकोभन्दा सफा भाडा माझ्थ्यो एनआरएनएको अध्यक्ष, उनकोे जीवनी पढ्नुहोस, केही गर्ने प्रेरण मिल्ने छ

- ३१ आश्विन २०७४, मंगलवार ०८:०३ मा प्रकाशित


NRN President Bhawan Bhatta
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज ३१ मङ्गलवार । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएको छ । काठमाडौँमा भएको आठौँ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी हुनुभएको हो ।भट्टले आफ्नो प्रतिशप्रधिलाई ६१३ मतले पछि पार्दै विजयी प्रप्त गरेको हो ।
मेहनत र सङ्घर्षको फल मीठो भन्ने भट्टको जीवनबाट प्रस्ट थाहा हुन्छ । २० वर्षअघि अध्ययनका लागि जापान पुगेका गोरखाका भट्ट अहिले एनआरएनएको अध्यक्ष भएको छ । उनी जापानमा एक सफल व्यवसायीका रूपमा स्थापित भएका छन् ।
जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गरेका भट्टको अहिले जापानमा मात्रै २९० होटेल तथा रेस्टुराँ सञ्चालनमा छ । उनका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि जापान पुगेका थिए ।
जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरू समयमा सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझ्ने काम सुरु गरे । ती दिन सम्झना गर्दै भट्टले भने, “घरमा काम नगरी हुर्केको म सुरुआती दिनमा जापानमा रेस्टुराँमा भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो, यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो ।” तर यस्तो सोचिरहेसम्म अगाडि बढ्न सकिँदैन, श्रमलाई सम्मान गर्नुपर्छ भन्ने निष्कर्षसहित भाँडा माझ्ने कामलाई पनि अवसरका रूपमा लिएको बताए ।
उनले भने, “भाँडा माझ्ने काममा पनि केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो, मैले माझेको भाँडा अरूले माझेकोभन्दा सफा हुनुपर्छ भन्ने ठानेर अझ धेरै मेहनत गरेर भाँडा माझँे ।” उनको सो कामबाट प्रभावित भएपछि साहुले उनलाई दिँदै आएको घण्टाको ७०० जापानी ऐनमा ५० बढाएर ७५० पु¥याइदियो । कामप्रतिको लगाव देखेर साहुले उनलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरको काममा बढुवा गरिदियो ।
यसरी ६ वर्षसम्म फरक÷फरक रेस्टुराँ र होटेलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटेल प्रबन्धकको पदसम्ममा पुग्न सफल भए । एउटै ठाउँमा काम गर्दा आलश्यता र निराशा बढ्ने ठहरसहित यो बिचमा उनले दर्जनौँ होटेल तथा रेस्टुराँमा काम गरे ।
विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो । सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना भएको बताए ।
जापान गएको छ वर्षपछि टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ किने । सुरुआती दिनमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चल्न थाल्यो ।
सो रेस्टुराँबाट आएको फाइदाको रकमबाट त्यसको केही समयपछि नजिकै अर्को रेस्टुराँ किने । यसरी फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उनले जापानमा २९० वटा होटेल तथा रेस्टुराँ सञ्चालन गरेकाछन् । ती होटेल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिए ।
उनले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रूपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गरिसकेको छ ।
‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उनको लगानी छ । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेका बताए ।
विसं २०७२ मा भूकम्प गएको दुई घण्टापछि नै रु एक करोड पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएका भट्टकै अग्रसरतामा भूकम्पपीडितका लागि राहत तथा उद्धारमा गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को ठुलो सहयोग नेपाल भित्रिएको थियो ।
नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरोधमा जापानस्थित भारतीय दूतावासमा उहाँकै नेतृत्वमा ज्ञापनपत्र बुझाएपछि अन्य देशमा समेत एनआरएनहरुले त्यहाँस्थित भारतीय दूतावासमा ज्ञापनपत्र र धर्ना दिएपछि नाकाबन्दीको विषय अन्तर्रा्िष्ट्रयकरण हुन सहयोग पुगेको थियो ।
पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख सहर काठमाडाँै, चितवन, पोखरा, लुम्बिनी गरी चारै सहरमा उनले अभियान सञ्चालन गरेका थिए ।

प्रतिक्रिया