Bisal Chautari Logo

यसरी अर्धनङ्गे जीवनसाथि खोज्दै

- २५ कार्तिक २०७४, शनिबार ०९:०१ मा प्रकाशित


Nepali Literature
                   गजल

खोज्नु छ यहाँ, एउटी जीवन धान्ने खोज्नु छ ।
चिया बनाउने होइन,  जाडँ छान्ने खोज्नु छ ।

घास दाउरा , अनि मेतापाल गर्ने होइन,
डान्सबार धाउदै, सेन्तेरेम तान्ने खोज्नु छ ।

साडी चोली लगाउने, हेरीन्दैन आजभोली,
ज्योती अनि अर्चना जस्तै, अर्धनङ्गे खोज्नु छ ।

सासु अनि ससुराको, डरमा बस्ने होइन,
बेला मैकामा, आफैलाई लात हान्ने खोज्नु छ ।

खोज्नु छ यहाँ, एउटी जीवन धान्ने खोज्नु छ ।
चिया बनाउने होइन, जाड छान्ने खोज्नु छ ।

Rozzbin (नबीन)  राई

प्रतिक्रिया