Bisal Chautari Logo

सन् २०१८ मा हुने विश्वकपका लागि ३२ वाटै देशको टुङ्गो लाग्यो, कुन-कुन देश छनोट भए ?

- ३० कार्तिक २०७४, बिहीबार ०८:२८ मा प्रकाशित


32 countries were selected for the World Cup
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ३० बिहिवार । सन् २०१८ मा रुसमा हुने विश्वकपमा ३२ राष्ट्रकै टुंगो लागेको छ। प्ले अफ अन्तर्गतको दोस्रो खेलमा न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरुले रुसमा हुने विश्वकप फुटबलका लागि छनोट पक्का गरेपछि ३२ वटा देश ने टुङ्गो लागेको हो ।
                                                                                                                          फाइल फोटो

घरेलु मैदान स्टाडियो नेशनल लिमामा पहिलो हाफमा १–० को अग्रता बनाएको पेरुले दोस्रो हाफमा अर्को गोल थप्दै समग्रमा २–० को नतिजा निकाल्यो। २७ औं मिनेटमा जेफर्सन फारफानले गोल गर्दै घरेलु टोलीले अग्रता बनाएको थियो।
खेलमा केही राम्रा अवसर सृजना गरेपनि न्युजिल्याण्डले गोल गर्न नसक्दा पराजय भोग्न बाध्य भयो। दुई राष्ट्रबीच यसअघि भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो।
विश्वकपमा पुग्न सफल ३२ राष्ट्रहरू
एशियाबाट : अष्ट्रेलिया, ईरान, जापान, दक्षिण कोरिया र साउदी अरेयिबा
अफ्रिकाबाटः इजिप्ट, मोरक्को , नाईजेरिया, सेनेगल,  ट्युनिसिया
युरोपबाटः बेल्जियम, क्रोएसिया, डेनमार्क, इङल्याण्ड, फ्रान्स, जर्मनी, आइसल्याण्ड, पोल्याण्ड, पोर्चुगल, रसिया, सर्बिया, स्पेन, स्विडेन र स्विट्जरल्याण्ड
मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाटः कोष्टारिका, मेक्सिको, पेरु र पानामा
दक्षिण अमेरिकाबाटः अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र उरुग्वे
इटली, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड, चिली, वेल्स लगायतका देश र्चचामा रहे पनि सन् २०१८ मा हुने विश्वकपमा भने छनोट हुन सकेन ।

प्रतिक्रिया