Bisal Chautari Logo

मेस्सीलाई रोनाल्डोको फोन कल, रोनाल्डोले फोन किन गरे ?

- १ मंसिर २०७४, शुक्रबार ०९:०० मा प्रकाशित


Ronaldo’s phone call to Messi
एजेन्सी
काठमाडौँ, २०७४ मंसिर ०१ शुक्रवार । रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई फोन मार्फत आफुले ब्यालन डी’ ओर जित्ने पक्का रहेको बताएका छन् ।
                                                                                                                              फाइल फोटो

स्पेनिस समाचार श्रोत डन ब्यालोनका अनुसार रोनाल्डोले मेस्सीलाई टेलिफोन कल मार्फत आफुले यसपटक ब्यालन डी’ ओर जित्ने खबर सुनाएका हुन् । यो भन्दा अगाडी मेस्सीले पाँच पटक र रोनाल्डोले चार पटक जितिसेका छन् । यस पटक रोनाल्डोले अवार्ड जितेमा यी दुई खेलाडीले बराबर पाँच पटक जित्नेछन् ।
करिब एक दशकदेखि यस अवार्ड रोनाल्डो र मेस्सीकोबीच बाढिएको कारण यसलाई मुख्यतः पोर्चुगेली र अर्जे्न्टिनी बीचको प्रतिस्पर्धामा हेर्ने गरिएको छ । यो पटकको विजेता डिसेम्बर ७ मा घोषणा गरिने छ ।

 

प्रतिक्रिया