Bisal Chautari Logo

उपचार गर्न आउने महिलाहरुलाई यौन शोषण गर्ने औतारी लामा पक्राउ

- ८ मंसिर २०७४, शुक्रबार ०७:३४ मा प्रकाशित


Lama arrested for sexual exploitation
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०८ शुक्रवार । बिरामी महिलाहरुलाई उपचार गर्ने भन्दै जबर्जस्ती गरेको आरोपमा एक धर्म गुरुलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको दुम्जा घर भएका ५५ वर्षीय लामालाई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) ले दक्षिण्कालीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा औतारी लामा भनिने गुरु रिम्पोछे छोल्ठिम दोर्जे योन्तान टोल्कु लामा रहेका छन् । प्रहरीका अनुसार पेमा टासी छेटुङ गुम्बा दक्षिणकालीमा बस्ने लामाले आफूसँग दैवी शक्ति भएको भन्दै सबै रोग निको पार्न सक्छु भन्ने दाबी गर्थे । त्यसपछि आफूसँग उपचार गर्न आउने महिलालाई बलात्कार गर्ने गर्थे । बलात्कार गरेपछि आफू रिसाए अनिष्ट हुन भन्दै धम्क्याउने गरेका थिए ।
उनले युवतीहरुसँग यौनसम्बन्ध राखी फोटो खिच्नुका साथै भिडियो पनि बनाउने गरेको पनि सिआइबीले जनाएको छ । लामाले अश्लिल फोटोरभिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई यौन दुर्व्यवहार र विद्युतीय अपराध अन्तर्गत पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धानका लागि राखिएको छ ।

प्रतिक्रिया