Bisal Chautari Logo

ओछ्यानमै छोडेको २७ दिनको बच्चाको लिंग काटियो

- ८ मंसिर २०७४, शुक्रबार ०८:०१ मा प्रकाशित


The 27-day child’s sex was cut
विशाल चौतारी समाचार
वीरगञ्ज २०७४ मंसिर ०८ शुक्रवार । २७ दिनको एक नवजात शिशुको लिंग काटिएको छ । बाराको कलैया उप–महानगरपालिका वडा नं ४ बस्ने चाँद महम्मद र टहरी खातनुको छोराको लिंग काटिएको हो ।
                                                                                                                             फाइल फोटो

शुक्रबार बिहान ४ बजेतिरको समयमा छोरालाई ओछ्यानमै छोडेर आमा बाहिर निस्केकी थिइन् । आमा बाहिर निस्किएको केही बेरमै झूलभित्र सुतिरहेको बच्चा रुन कराउन थालेपछि हेर्दा लिंग काटिएको अवस्थामा भेटिएको परिवारले जनाएको छ ।
शिशुको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको स्वास्थ्यकर्मी जयमोद ठाकुरले जनाएका छन् ।

प्रतिक्रिया