Bisal Chautari Logo

विश्वका ६ राष्ट्रका नागरिकले अमेरिका प्रवेश गर्न नपाउने, कारण यस्तो छ

- १९ मंसिर २०७४, मंगलवार ०७:३९ मा प्रकाशित


6 countries of the world will not be able to enter the United States
एजेन्सी
अमेरीका, २०७४ मंसिर १९ मंगलवार । विश्वको छ देशले अमेरीका प्रवेश गर्न नपाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको प्रस्तावलाई सर्वोच्च अदालतले समर्थन गदै प्रवेशमा रोक लगाएको हो ।
                                                                                                                         फाइल फोटो

मुस्लिम बाहुल्य ६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गरेपछि मुस्लिमका लागि अमेरिका प्रवेश निषेध भएको हो ।
सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको निर्णयको समर्थन गर्दै तत्काल पूर्ण रुपले कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ । ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै मुस्लिम बाहुल्य देशकाट अमेरिकाको सुरक्षामा खतरा रहेको भन्दै चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनमाथि यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।
उक्त समयमा भने राष्ट्रपतिको निर्णयको विरुद्धमा विभिन्न संघीय अदालतले फैसला गरेपछि कार्यान्वयन हुन सकेको थिएन । यस मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपतिको पक्षमा फैसला गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
सर्वोच्च अदालतका ९ मध्ये सात न्यायाधीशले ट्रम्प प्रशासनले तल्लो अदालतले यात्रा प्रतिबन्ध लागु गर्न लगाइएको प्रतिबन्ध हटाउन गरेको मागको पक्षमा मत दिएका हुन् । सर्वोच्च अदालतले कार्यान्वयनको बाटो खुला गरे पनि अझै कानुनी चुनौतिहरु भने रहेका छन् ।

प्रतिक्रिया