Bisal Chautari Logo

ला लिगामा मेसी र सुवारेजको गोल, बार्सिलोनालाई ५ अंकको अग्रता

- २५ मंसिर २०७४, सोमबार ११:३८ मा प्रकाशित


Messi and Superstar’s goal
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर २५ सोमवार । ला लिगामा बार्सिलोनाले ५ अंकको अग्रता बनाएको छ। गएराती भएको खेलमा भियारियललाई २-० ले पराजित गर्दै बार्सिलोनाले जित हात पारेको हो ।

                                                                                                                               फाइल फोटो

बार्सिलोनाका लागि लुइस सुवारेजले ७२ तथा लियोनल मेसीले ८३औँ मिनेटमा गोल गरे। अन्तिम १८ मिनेटमा दुई गोल गरेको थियो।
६०औँ मिनेटमा ड्यानिएल रबाले सिधै रातो कार्ड पाएपछि भियारियल घरेलु मैदानमा दश खेलाडीमा झरेको थियो। त्यसैको फाइदा उठाउँदै बार्सिलोनाले दुई गोल गरेको हो। जितपछि १५ खेलबाट ३९ अंक जोडेको बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियामाथि ५ अंकको अग्रता कायम गरेको छ। भ्यालेन्सियाको समान खेलबाट ३४ अंक छ।
यस्तै रियल बेटिसलाई १-० ले पराजित गर्दै एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लेको छ। एथ्लेटिकोका लागि सउल निगेजले निर्णायक गोल गरे।
१५ खेलबाट एथ्लेटिकोको ३३ अंक भएको छ। समान खेलबाट ३१ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा छ।

प्रतिक्रिया