Bisal Chautari Logo

थाइल्याण्डमा जारी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालद्वारा हङकङ पराजित

- २६ मंसिर २०७४, मंगलवार ११:२८ मा प्रकाशित


Hong Kong defeated by Nepal
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २६ मंगलवार । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।
थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर लक्ष्य भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धा्रित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो । जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ ।
नेपालका लागि तृपराज दासले सवाधिक २७ रनको योगदान दिए । यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसींले ११ रन जोडे भने सुनिल भण्डारी ११ रनमा अविजित रहे । हङकङका नसरुल्ला रानाले तीन विकेट लिए ।
हङकङका लागि आयन शरद सेट्टीले सर्वा्धिक २४ रन जोडे । कलहान चल्लुले १६ तथा आरुस भगवतले १२ रन बनाए । बलिङतर्फ नेपालका प्रतिस जिसीले तीन, अजयकुमार लोनियाले दुई तथा नारायण जोशी र निखिलकुमार सिंहले एक÷एक विकेट लिए । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २८ गते म्यानमारको सामना गर्नेछ ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनको अन्तरले पराजित गरेको थियो । आठ राष्ट्र सम्मिलित उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक थाइल्याण्ड, हङकङ र म्यानमार छन् भने समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् ।

प्रतिक्रिया