Bisal Chautari Logo

उत्तर कोरियाबाट भागेकी युवतीले रुदै सुनाउछिन् दर्दनाक कथा, यस्तो कडा छ त्यहाँको शासन (भिडियो सहित )

- २७ मंसिर २०७४, बुधबार १२:३२ मा प्रकाशित


The painful story of the fledged young woman from North Korea
एजेन्सी
काठमाडौँ ,२०७४ मंसिर २७ बुधवार । उत्तर कोरियाली एक किशोरीले आफूले त्यहाँ रहदा भोगेको कुराहरू रूदै भिडियो मार्फत बताएकी छिन । उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा बसोबास गर्दै आएकी ती किशोरीको दर्दनाक भिडियो कथा अहिले सामाजिक सञ्जाल र युटुब मा समेत सर्वा्धिक चर्चाको विषय बनेको छ ।
उत्तर कोरियामा किम जोङ उनको शासन छ। परमाणु हतियार परीक्षण गरेर संसार थर्काएको उत्तर कोरियाबाट समय(समयमा उच्च पदस्थ कर्मचारीलाई स(साना बहानामा मृत्युदण्ड दिएको खबर आइरहने देशमा कहाँ सम्मको क्रुरता दर्शाइएको छ भिडियो किशोरीले रूदै बताएकी छिन । उत्तर कोरियाली शासक किम जोङको अत्याचार सहन नसकी त्यहाबाट भागेर दक्षिण कोरियाको शरणमा रहेकी २५ बर्षीया किशोरी योनमी पार्कले त्यहाँका नागरिक कसरी बाचिरहेका छन् त्यस्को बारेमा पनि चर्चा गरेकी छिन ।
उत्तर किरियाबाट कसैगरि भागेकी योनमी अहिले पनि डराएकी भिडियोमा प्रस्टै देखिन्छ। भागेर चीन जाँदै गर्दा योनमीको पिताको मृत्यु भयो। समातिने डरले बिहान तीन बजे पिताको शवलाई उनले गोप्य रूपमा गाडिन। भाग्ने क्रममा उनले आमाको बलात्कार भएको देख्नु पर्‍यो। योनमी भन्छिन्, ‘कोरियामा एउटा भनाइ छ, महिला कमजोर हुन्छन्, तर आमा बलिया हुन्छन्। मलाई बचाउन आमा बलात्कृत हुनुपर्यो।
उत्तर कोरियाका ७० प्रतिशत महिला तथा युवती सिकार बनाइन्छ, कहिले त २०० डलरमै बेचिन्छ। भाग्दाको अनुभव सुनाउँदै उनी भन्छिन्, कम्पास हेर्दै गोबी मरुभुमी (चीन)मा हिड्थ्यौँ, जब कम्पासले काम गर्न छाड्थ्यो हामी स्वतन्त्रताको लागि तारा पछ्याउँथ्यौँ।’ ‘उत्तर कोरियामा एउटा मात्र टिभी च्यानल छ, इन्टरनेट छैन। हामी गीत गाउन स्वतन्त्र छैनौ, बोल्न, लगाउन अथवा सोच्न समेत आफुखुसी पाइदैन।’ उनी भन्छिन्, ‘उत्तर कोरिया विश्वको एकमात्र त्यस्तो देश हो जहाँ अनाधिकृत अन्तर्राष्ट्रिय फोन गर्दा मृत्युदण्ड दिइन्छ।’
योनमीले पुरुष र महिला बिच कुनै प्रेम कहानी देखेकी छैनन्। उनी भन्छिन् ‘किताब, गीत, प्रेस, प्रेमको बारेमा कुनै फिल्म छैन। त्यहाँ कुनै रोमियो छैन, जुलियट छैन। प्रत्येक कथा प्रोपोगाण्डा थियो, किमका शासकहरुको बढावाको लागि।’योनमी सन् १९९३ मा जन्मेकी थिएन् । स्वतन्त्रता र मानव अधिकार शब्द बुझ्नु पूर्वनै योनमीलाई उठाइयो। उनी भन्छिन् ‘उत्तर कोरियालीहरु यो समय स्वतन्त्रताको खोजीका लागि मर्दैछन्।’
उनी रुदैँ भन्छिन् ‘जब म ९ वर्षकी थिए, मैले मेरा साथीहरू र आमालाई सार्वजनिक रूपमै हत्या भएको देखे, हलिउडको फिल्म हेर्नु मेरो आमाको लागि अपराध बन्यो।’योनमीको अनुसार उत्तर कोरियामा शासकको विरुद्ध शङ्का गर्दा तीन पुस्तासम्म जेलको सजाय दिइन्छ वा मारिन्छ।उत्तर कोरिया फर्कनुपर्ने भएमा चक्कु लिएर हामी आफूलाई नै मार्न तयार थियौँ । योनमी सन् २००७ मा चीन भागेकी थिइन, सन् २००९ देखि उनी दक्षिण कोरियामा बस्दै आएकी छिन्।

प्रतिक्रिया