Bisal Chautari Logo

सन् २०१७ मा गुगलमा सर्वधिक खोजिएका व्यक्तिहरु यी हुन्

- २९ मंसिर २०७४, शुक्रबार ०७:४७ मा प्रकाशित


Most searched people in Google
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २९ शुक्रवार । प्रत्येक बर्ष गुगोलले इन्टरनेटमा सबै भन्दा बढि खोजिने मान्छेलाई सार्वजानिक गर्ने गरेको छ । यो बर्ष इन्टरनेट सर्च इन्जिन गुगलले उसको वार्षिक फिचर ‘इयर इन सर्च’ सार्वजनिक गरेको छ ।
सन् २०१७ मा गुगलमा सबै भन्दा बढी खोजिएका व्यक्तिको सूचिको शीर्ष स्थानमा अमेरिकी टेलिभिजन नेटवर्क एनबिसीको ‘टुडेज शो’ का पूर्व सञ्चालक म्याट लाउर परेका छन् ।
यो वर्ष हलिउडबाट सुरु भएको यौनदुव्र्यवहारका बारेमा बोल्ने र त्यससँग जोडिएका व्यक्तिलाई विश्वभरबाट गुगलमा खोजिएको व्यक्तिको सूचिमा पारेको हो। म्याटमाथि सहकर्मीलाई यौनदुर्व्यवहार गरेको आरोप लागेको थियो । यहि क्रममा एनबिसीले उनलाई बर्खास्त गरेको थियो ।
गुगलमा विश्वभरबाट सार्वधिक खोजी गरिएका व्यक्तिको सूचिमा अमेरिकी अभिनेत्री मेगन मर्केल परेकी छन् । बेलयाती राजकुमार ह्यारीसँग इनगेजमेन्ट भएपछि मर्केलको बढी खोजी भएको हो । यस्तै तेस्रो स्थानमा इटालियन टेलिभिजन प्रस्तोता नाडिया तोफाको नाम छ ।
यस्तै चौथो नम्बर धेरै हलिउड अभिनेत्रीमाथि यौनदुर्व्यहार गरेको आरोप लागेका हार्बी वाइनस्टिन रहेका छन् । यस्तै केविन स्पाइस पाँचौं, गल गडट छैटौं, मिलानिया ट्रम्प सातौं, फ्लोड मेवेदर आठौं, माइकल फ्लिन नवौं र फिलिप कोन्टिन्हो दशौं स्थानमा रहेका छन् । इंग्लिस क्लब लिभरपुलका खेलाडी कोन्टिन्हो शीर्ष १० मा पर्ने एकमात्र फुटबलर हुन् ।

प्रतिक्रिया