Bisal Chautari Logo

अर्काको श्रीमानसंग रात बिताउने महिलालाई नाङगेझार पारेर यसरी बजार घुमाइयो (फोटो सहित)

- २९ मंसिर २०७४, शुक्रबार ०९:२७ मा प्रकाशित


A woman spent the night with her husband
एजेन्सी
काठमाडौँ ,२०७४ मंसिर २९ शुक्रवार । चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गरेका छन् । चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान सहरमा ३ महिलाले एक महिलालाई नाङ्गै पारेर बाटोमा कट्नु सम्म कुटे ।
चीनको हेनान प्रान्तस्थित पियुयाङ सहरमा यो घटना भएको हो । आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि आक्रोसित महिलाले ती महिलालाई कुटनु मात्र हैन नाङगे झार पारेर बजार घुमाइन तरपनि उनलाई त्यहाँ रोक्ने कोही भएन । उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरूले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । व्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठुलो भिड जम्मा भएको थियो ।
३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ । महिलाहरूले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरू आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।

प्रतिक्रिया