Bisal Chautari Logo

वाम गठबन्धनले बहुमत ल्याएपछि राजेश हमाले ओलीलाई भेटेर बधाई दिए

- १ पुष २०७४, शनिबार १२:०१ मा प्रकाशित


Rajesh Hamal congratulated Oli
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १ शनिवार । चुनावमा भोट हाल्न नपाएका महानायक राजेश हमालले वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाई दिएका छन् । आज शनिवार ओली निवास बालकोट पुगेर हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका हुन् ।
आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिए । अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपालीहरू उत्साहित भएको बताए । अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताए ।
‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीले भने ‘देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’ ओलीले चलचित्र हिरोहरुले चलचित्रमा अभिनय मात्र नभई देश बनाउनका लागी साँच्ची नै भूमिका निवार्ह गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया