Bisal Chautari Logo

रोहित, वुद्धि र अर्जुनलाई बुहारीको पर्यो खाँचो’ || ‘नेप्टे’को ‘सुपारी काँचो’ गीत सार्वजनिक (भिडियोसहित)

- २ माघ २०७४, मंगलवार ०९:१० मा प्रकाशित


NEPTE movie Song Supari Kacho Rohit Rumba and Buddhi Tamang
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ माघ २ मंगलबार । गत चैत ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘नेप्टे’ को पहिलो लोक लयमा आधारित पहिलो गीत सार्वजनिक गरिएको छ । रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको यो फिल्मको ‘सुपारी काँचो’ बोलको गीत रिलिज भएको हो । आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको गीत रमाइलो बनेको छ ।
यो गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, ओम सुनारको संगीत, भानुभक्त ढकालको शब्द छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि लामाले खिचेका हुन् । तारा थापाको सम्पादन रहेको फिल्मका निर्माता रोहित रुम्बा नै हुन् ।

देवकुमार श्रेष्ठले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, आना कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । प्रनिशा सिलवाल यो फिल्मबाट यो क्षेत्रमा भित्रिदैछिन् ।

फिल्ममा रोहितकै कथा, पटकथा तथा संवाद किरण माइकलको रहेको छ । रोशन श्रेष्ठको एक्सन रहेको यो फिल्मले सामाजिक कमेडी कथालाई उठान गरेको निर्माता तथा कलाकार रोहितले बताए ।

भिडियो हेर्नुहोस् :


Artist: Dayahang Rai, Rohit Rumba, Buddhi Tamang, Arjun Gurung, Chulthim Gurung, Purnima Lama, Aruna Karki
Introducing: Pranisha Silwal
Guest Appearance: Jaya Krishan Basnet
Other Artist: Kamalesh Baral
Story: Rohit Rumba
Producer: Rohit Rumba
Director: Dev Kumar Shrestha
In Cinemas 30th Chaitra 2074 | 13th April 2018

प्रतिक्रिया