Bisal Chautari Logo

ब्राजिलका विश्वकप विजेता फुटबलर रोनाल्डिन्होद्वारा सन्यासको घोषणा

- ३ माघ २०७४, बुधबार ११:५५ मा प्रकाशित


Anniversary announcement by Brazil’s World Cup winner Footballer Ronaldinho
एजेन्सी
काठमाडौँ , २०७४ माघ ०३ बुधबार । ब्राजिलका विश्वकप विजेता फुटबलर रोनाल्डिन्होले फुटबल जगतबाट सन्यासको घोषणा गरेका छन् । रोनाल्डिन्होले सन् २०१५ देखि फुटबल प्रतिस्पर्धामा कुनै खेल नखेलेपनि अहिले आएर सन्यासको घोषणा गरेका हुन् ।
सन् २००२ मा ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलोडीको भूमिका निर्वाह गरेका थिए । सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यसअघि सन् २००५ मा उनी वर्षको उत्कृष्ट खेलाडीले पाउने बालोन डी’ओर अवार्ड जित्न सफल भएका थिए । रोनाल्डिन्होले ब्राजिलियन क्लब ग्रिमिओबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए ।
सन् २००१ मा पिएसजी गएका थिए भने सन् २००३ मा पिएसजीबाट बार्सिलोना गएका रोनाल्डिन्होले पाँच वर्षको बसाइमा दुई पटक ला लिगा तथा एक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका थिए । रोनालिडन्होले ब्राजिलको राष्ट्रिय टिमबाट ९८ खेल खेलेका छन् ।

प्रतिक्रिया