Bisal Chautari Logo

‘मिस्टर झोले’को पाँच दिने कलेक्सन कती ? दर्शक प्रतिक्रियाले निर्माण टिम सन्तुष्ट

- ४ माघ २०७४, बिहीबार ०३:२८ मा प्रकाशित


dayahang rai movie Mr jholay box office collection
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ माघ ४ बिहिबार । गत शुक्रबारबाट प्रदर्शनमा आएको दयाहाङ राई, बुद्दी तामाङ, दीया पुन, वर्षा राउत लगायत अभिनित चलचित्र ‘मिस्टर झोले’ ले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको छ ।
वितरक गोविन्द शाहीले सिनेमाको पाँच दिने ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जुन कलेक्सनलाई राम्रो मान्न सकिन्छ ।
सफल निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्रले पहिलो दुई दिनमा सिनेमाले १ करोड १० लाख कलेक्सन गर्न सफल भयो । यसमा उपत्यकाबाट ७० लाख र बाहिर ४० लाख ग्रस छ ।
त्यस्तै बाँकी दुई दिनमा सिनेमाले देशभरबाट ८४ लाख ग्रस बटुल्न सक्यो । यसमा उपत्यकाबाट ४६ लाख र बाहिरबाट ३८ लाख योगदान छ । पाँचौ दिनमा सिनेमाले उपत्यकाबाट १५ लाख र बाहिरबाट १३ लाख ग्रस कलेक्सन गर्दै टोटल २ करोड २२ लाख पुर्याउन सफल भएको छ ।

यो पनि हेर्नुहोस् :


सिनेमाको कलेक्सन र दर्शक प्रतिक्रियाबाट निर्माण टिम सन्तुष्ट रहेका छन् । छैटौं दिनसम्म आईपुग्दा पनि दर्शक चापमा त्यति कमि नआएको निर्माता टेकेन खड्काले जानकारी दिए । उनले भने ‘देशका केहि मुख्य स्टेसन बुधबार पनि हाउसफुल छन् । विहिबार सोनाम लोसारको छुट्टीमा दर्शक अझै बढ्नेमा आशावादी छौ ।’
‘मिस्टर झोले’मा दयाहाङ राई, दीया पुन, वर्षा राउत, बुद्दी तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको अभिनय रहेको छ । चलचित्रले कास्की जिल्लामा अवस्थित एक गाउँको कथालाई कमेडी मार्फत प्रस्तुत गरेको छ ।
सिनेमा हेरेका दर्शकले कमेडी पाटो र कलाकारको अभिनयलाई औधि रुचाएका छन् । दुई घण्टा सिनेमा हेर्दा ‘मिस्टर झोले’ले पूर्ण रुपमा मनोरञ्जन दिने दर्शकहरुको प्रतिक्रिया छ ।
रामबाबुकै कथा लेखन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटारसुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।
सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमाको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनक विक्रम कडेल छन् ।

प्रतिक्रिया