Bisal Chautari Logo

आँगनमा हजुरबुवासँग खेलिरहेका आठ वर्षीय बालकलाई प्रहरीले नै गोली हानी हत्या

- ४ माघ २०७४, बिहीबार १०:२९ मा प्रकाशित


Kill a boss who is playing a grandfather in the courtyard
विशाल चौतारी समाचार
लखनउ २०७४ माघ ४ बिहिबार । भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको आठ वर्षीय बालक अकस्मात प्रहरीको गोलीले मारिएको छ ।
बुधबार अपरान्हमा आफ्नो हजुरबुवासँग खेलिरहेको बेला मथुरा जिल्लाको एक गाउँका माधव भारद्वाज नामका बालकलाई अकस्मात गोली लागि मृत्यु भएको हो।
उत्तर प्रदेशको मथुरा गाँउमा प्रहरी गएको भए पनि प्रहरी घटनास्थलबाट निकै टाढा रहेको रहेकोले गोली कसरी हान्यो भन्ने बारेमा खुल्न सकेको छैन ।
बच्चालाई गोली लागे पछि उसलाई अस्पताल पनि नपु¥याउँदै निधन भएको हो ।
ती बालकका हजुरबुवाले भने प्रहरीले नै गोली प्रहर गरेको ठोकुवा गरेका छन् । सो घटनाका बारेमा प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले गाँउलेहरुसँग यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । गाउँलेहरुले गोली हान्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । उनीहरुले अन्यथा सो गाउमा रहेको प्रहरी चौकी घेराउ गर्ने पनि चेतावनी दिएका छन् ।

प्रतिक्रिया