Bisal Chautari Logo

सारादेखी संचिताको सम्म आसु झर्‍यो || निखिलको ‘पिंजडा ब्याक अगेन’ प्रिमियर प्रतिकृया (भिडियो सहित)

- ४ माघ २०७४, बिहीबार १०:२९ मा प्रकाशित


Pinjada Back Again movie premiere review | Nikhil upreti | Sara Shirpaili | Sanchita luitel
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ माघ ४ बिहिबार । एक्सन स्टार निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा ब्याक अगेन’को बुधबार प्रिमियर गरिएको छ । दरबामार्ग स्थित राइजिङ मलमा गरिएको प्रिमियर शोमा निखिल सहित निर्देशक हिमाल केसी, अभिनेत्री सारा शिर्पाइली, अभिनेता रमेश उप्रेति, वितरक गोपाल कायस्थ लगायत उपस्थित थिए । चलचित्र मोफसलमा गत बिहिबार र राजधानीमा आज शुक्रबार बाट रिलिज भएको छ ।
प्रिमियरपछि नायिका संचिता लुईंटेलले पती निखिल उप्रेतीको पछिल्ला फिल्महरु भन्दा ‘पिंजडा ब्याक अगेन’ राम्रो रहेको प्रतिक्रिया दिइन् । प्रिमियरमा सहभागीले विशेषतः निखिलको एक्सन र साराको अभिनयलाई रुचाएको पाइयो ।

प्रिमियर प्रतिकृयाको भिडियो हेर्नुहोस् :-

द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको फिल्ममा निखिल र सारा सहित पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्ट्राई लगायतको अभिनय छ ।
श्रीराम बराल निर्मित ‘पिंजडा ब्याक अगेन’ मा रमेश सुवेदी र बाबुराज सह निर्माताको रुपमा रहेका छन् । यस्तै फिल्ममा बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता तथा रोहित पुरी, गोविन्द गौरा र चन्द्र बहादुर खत्री निर्माताको रुपमा छन् ।

मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायाँकन र निर्देशक केसीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रतिक्रिया