Bisal Chautari Logo

६ कक्षामा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माइन

- ४ माघ २०७४, बिहीबार १०:४० मा प्रकाशित


6 Students in the classroom did not produce a child in the hostels
एजेन्सी
काठमाडौँ । २०७४ माघ ४ बिहिबार । ६ कक्षामा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माएकि छन् । भारतको उडिसा राज्यको एक विद्यालयकि छात्राले होस्टल बच्चा जन्माएपछि उक्त विद्यालयका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।
होस्टलमा बच्चा जन्माए लगतै छात्रा र बच्चालाई सुटुक्क उनको गाउँ उप्परकेंडीमा पुर्याइएको थियो । आदिवासी जनजातिका बच्चाहरु पढ्ने उमुरी आश्रम नामको उक्त विद्यालयमा बच्चा जन्माएको भएपनि घटनाका बारेमा प्रशासनलाई जानकारी नदिएर लुकाउन खोजेको आरोपमा प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको हो । त्यो बच्चा कसको हो भने बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया