Bisal Chautari Logo

अमेरिकाद्वारा सिरियामाथी आक्रमण, एक सय सैनिक मारीए

- २६ माघ २०७४, शुक्रबार १२:३६ मा प्रकाशित


America attacked Syria, killing a hundred soldiers
एजेन्सी
काठमाडौँ, २०७४ माघ २६ शुक्रबार । अमेरिकाले सिरियाका कुर्द र अरब लडाकुमाथि एकाएक हमला गरेको सिरिया सरकारले जनाएको छ । सिरिया सरकारले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको त्यस्तो हमलाको निन्दा गरेको छ । अमेरिकी अधिकारीहरुको अनुमानमा बुधबार भएको घटनामा सिरियाली सरकार समर्थक झण्डै एक सयजना सैनिकको ज्यान गएको थियो ।
अमेरिका समर्थित सिरियाली प्रजातान्त्रिक सैन्यले इस्लामिक स्टेट समूहको नियन्त्रणबाट आफ्नो कब्जामा लिएका क्षेत्रमा ती सिरियाली सरकार समर्थक सैनिक प्रवेश गर्न खोजेको अमेरिकीले आरोप लगाएका छन ।
सिरियाली सरकारी संचार माध्यमले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको हमलामा दर्जनौं मानिसहरु मारिएका र घाइते भएका बताएका छन् । सरकार समर्थक सैन्यले एसडीएफको स्थापित मुख्यालयमा एकाएक हमला गरेको अमेरिकी नेतृत्वको गठबन्धनले आरोप लगाएको छ ।
एउटा वक्तव्य जारी गर्दै सो गठबन्धनले आफू र आफ्ना साझेदारको आत्मरक्षाका लागि आक्रमणकारी सैन्यलाई धपाउन तिनीहरु विरुद्ध हवाइ हमला गरेको दावी गरेको छ ।
सो क्षेत्रमा आइएसका लडाकुहरुलाई धपाउने क्रममा गत वर्षपनि दुबै पक्षबीच थुप्रै भिडन्तहरु भएका थिए । एसोसियटेड प्रेस समाचार संस्थाका अनुसार रुसी रक्षा मन्त्रालयले सो हमलाका सम्बन्धमा अमेरिकीहरुले आफूहरुसंग संयोजना नगरेको भन्दै असन्तोष व्यक्त गरेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया