Bisal Chautari Logo

डिभिजन टू अन्तर्गत खेलिरहेका सन्दीपलाई दिल्ली डेयरडेभिल्सले यसो भन्यो

- २९ माघ २०७४, सोमबार १०:१८ मा प्रकाशित


Said Sandeep to Delhi Daredevils
विशाल चौतारी समाचार
काटमाडौ, २०७४ माघ २९ सोमबार । डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई १ सय १४ रनमा अलआउट गर्दा युवा स्टार सन्दिप लामिछानेले ३ विकेट लिए । १८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएर ह्याट्रिकबाट चुकेका उनले त्यसपछि अर्को एक विकेट लिए ।
                                                                                                                      फाइल फोटो

सन्दिपको आजको प्रदर्शनमाथि टिप्पणी गर्दै आइपीएलमा उनको टोली दिल्ली डेयरडेभिल्सले अविश्वसनीय भएको जनाएको छ । दिल्लीको आधिकारिक ट्वीटर पेजमा उनको आजको प्रदर्शन अविश्वसनीय रहेको भन्दै प्रशंशा गरिएको छ ।
उनले १८ ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई खाता खोल्नै दिएनन् । चौथो बलमा युएइका ब्याट्सम्यानले रन नलिएपछि सन्दीप ह्याट्रिक गर्न चुके । सन्दीपले व्यक्तिगत तेस्रो विकेटको रुपमा ३० रन बनाएर खेलिरहेका शइमान अन्वारलाई बोल्ड गरे ।

प्रतिक्रिया