Bisal Chautari Logo

भूकम्पको क्षति अवलोकन गर्न जाँदा गृहमन्त्री चढेको हेलिकप्टर दूर्घटना, १४ जनाको मृत्यु (फोटो सहित)

- ६ फाल्गुन २०७४, आईतवार १२:५१ मा प्रकाशित


विशाल चौतारी समाचार 
मेक्सिको , २०७४ फाल्गुन ६ गते आइतबार ।मेक्सिकोको भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका वरिष्ठ कर्मचारी सवार हेलिकोप्टर दुर्घटना भएको छ। दुर्घटनामा परी १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मेक्सिकोको गृह मन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर पनि सो हेलिकप्टरमै थिए । तर, दुवै जना सकुशल रहेका छन् । अवतरणको समयमा हेलिकप्टरका पाइलटले नियन्त्रण गुमाएको गृहमन्त्री अलफोन्सो नेभ्यारेटेले भने ।

७.२ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु ओहाका थियो तर त्यसले ३५० किलोमिटर टाडा मेक्सिको सिटीका भवनहरु पनि हल्लिएका थिए ।प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाको सयम रातको समय थियो र गाँउमा विजुली पनि थिएन । हेलिकप्टर अवतरण गर्नु अघि आकासमा धेरै चक्कर लगाएकाले धुलो उडेको अवस्था थियो । यसले गर्दा ‘भीजीवीलीटी’ झनै कमजोर भएको थियो ।
कम्पनपछि मेक्सिको सिटीमा हजारौं मानिसहरु सडकमा निस्किएका थिए । यसले गर्दा यातायात केही समय अवरुद्ध भएको थियो ।

प्रतिक्रिया