Bisal Chautari Logo

पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरूले गरिन् अमेरिकी नागरिकसँग बिहे

- ७ फाल्गुन २०७४, सोमबार १२:०६ मा प्रकाशित


Archana Paneru a porn star, made her married to American citizens
विशाल चौतारी समाचार
काठमाडौं , २०७४ फाल्गुन ७ गते सोमबार । पोर्नस्टार बन्छु भन्र्दै केही वर्ष अघि चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । अर्चनाले पोर्नस्टार बन्न चाहेको अभिव्यत्ति दिएपछि उनले केही फिल्ममा पनि काम गरेकी छन् ।
पोर्न स्टार नबने पनि अर्चनाले आफूले अमेरिकी नागरिकसँग विवाह गरेकी बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी छन् ।
उनले आफ्नो विवाहको तस्विर पनि सार्वजनिक गरेकी छन् । विवाहको पहिरनसहितको फोटो सार्वजनिक गर्दै फेसबुकमा उनले लेखेकी छन्, ‘गट म्यारिड, लक्की टु गट अ लाइफ पार्टनर लाइक यु ।’
आफूले अभिनय गरेको फिल्म ‘जिस्म’ र ‘छेस्को’ फ्लप भएसँगै डान्सबारमा काम गर्न थालेकी अर्चनाले आफूले विवाह गरेको दाबी गरे पनि कतिपयले चर्चामा आउन चालेको कदमको रुपमा मात्र बुझेका छन् ।
पोर्नस्टार बन्ने चाहने अर्चनालाई उनकी आमाले समेत साथ दिएकी थिइन् । पोर्नस्टार बन्ने भन्दै नग्न तस्विर सार्वजनिक गरेपछि विद्यालयबाट निष्काशन परेकी अर्चना आफ्नी आमासँगै बस्दै आएकी थिइन् ।छोरीलाई पोर्नस्टार बन्ने उकासेको भन्दै अर्चनाका बुवाले आमासँग डिभोर्स गरेका थिए ।

प्रतिक्रिया