Bisal Chautari Logo

मीना ढकालको म्युजिक भिडियोमा ३ गुणा बढी डिसलाइक

- ८ फाल्गुन २०७४, मंगलवार ०९:३० मा प्रकाशित


Meena Dhakal mixes 3 times more on the music video
विशाल चौतारी समाचार
पोखरा , २०७४ फाल्गुन ८ गते मंगलबार । मीना ढकालले आफ्नो पहिलो गीत निकालेकी छिन्। उनी सम्बन्धबिच्छेद गरेको केही महिनामै गायिका र मोडल बनेकी छिन्। मीनाको ‘आखाँ जुध्यो यो मनले त्यो मनलाई कस्यो, थाहै नपाई खै कसरी मीठो माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वनजिक भएको छ।

मीना आफैं उक्त म्युजिक भिडियोको मोडलको रुपमा अभिनय गरेकी छिन्। दिपकराज पाठकले रचना गरेको गीतमा राम कार्कीले संगीत दिएका छन्। सङ्स नेपालुले युटयूबमा राखेको भिडियोमा लाइकभन्दा करीब ३ गुणा बढी डिसलाइक देखिन्छ।
कसैले संगीतको बेइज्ज गरेको भनेका छन् भने कसैले गलत ठाउँमा सम्पत्तिको खेर फालेको भनेका छन्। धेरैले उनको स्वर गीत गाउन लायकको नरहेको र आफ्नो क्षमता भएको क्षेत्रमा लाग्नु उपयुक्त हुने सुझाव दिएका छन्।

प्रतिक्रिया