Bisal Chautari Logo

चलचित्र ‘गाँजा बाजा’को ‘रिगीपिटी’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

- ११ फाल्गुन २०७४, शुक्रबार १३:४१ मा प्रकाशित


Anupam Sharma and Sushil Sitaula GAJA BAJA movie song Nikh & Jata’s RIGIPITI
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन ११, शुक्रबार । फागुन २५ गते अलनेपाल रिलिज हुन लागेको चलचित्र ‘गाँजा बाजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘रिगीपिटी…’ बोलको गीत रमाईलो बनेको छ ।
निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा सिनेमाका कलाकारहरु फिचरिङ छन् ।
गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको सिनेमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।
सिनेमामा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

भिडियो हेर्नुहोस् :


Song: Rigipiti
Singer: Jataveda Banergee
Music: Nikh & Jata
Lyrics: Nirmal Gartaula
Compose/Arrange/Recorded By: Nikh & Jata

प्रतिक्रिया