Bisal Chautari Logo

उदित नारायण झाको स्वरमा लामो समयपछि चलचित्र ‘नेप्टे’मा क्लब गीत ‘दिल रानी’ सार्वजनिक (भिडियो सहित)

- ११ फाल्गुन २०७४, शुक्रबार १५:१० मा प्रकाशित


Rohit Rumba and Chhulthim Gurung Movie NEPTE Song
Dil Rani
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन ११, शुक्रबार । नेपाली चलचित्र ’नेप्टे’को ’दिल रानी’ बोलको क्लब गीत रिलीज भएको छ । सन्तोष राजको संगीत रहेको गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।
गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको नृत्य रहेको छ । गीतमा यमनाथ मैनालीका शब्द छन् भने कबिराज गहतराज कोरियोग्राफर हुन् ।
दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशक देव कुमार श्रेष्ठ हुन् ।
किरण माइकलको पटकथा एंव संवाद रहेको फिल्ममा रोहित आँफैले कथा लेखेका छन् ।
चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।

भिडियो हेर्नुहोस् :-


Artist: Dayahang Rai, Rohit Rumba, Buddhi Tamang, Arjun Gurung, Chhulthim Gurung, Purnima Lama, Aruna Karki
Song: Dil Rani
Singer: Udit Narayan Jha, Selina Kunwar
Music: Santosh Raj
Lyrics: Yamnath Mainali
Choreographer: Kabiraj Gahatraj
Cinematographer: Hari Ghale Lama
Colorist: Shyam Kunwar
Editor: Tara Thapa (Kimvhey)
post: Classic Cine Universe
Producer: Rohit Rumba
Director: Dev Kumar Shrestha

प्रतिक्रिया