Bisal Chautari Logo

गायक मनोजको पार्टी गीतमा बोल्ड श्रृष्टी (भिडियो सहित)

- १० बैशाख २०७५, सोमबार ०३:२५ मा प्रकाशित


Manoj Mahato New Dancing song 2018
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ बैशाख १०, सोमबार । गायक मनोज महत्तो अहिले दंग छन् । उनको आवाजमा समावेश ‘नाचौ गाऔ झुमौ’ बोलको गीतले युटुबमा राम्रो प्रतिक्रिया पाएपछि उनी दंग परेका हुन् ।
किशोर चौधरी र आर के चौधरीको शब्द रहेको यो क्लब गीतमा एस के परियारको संगीत छ ।
गायक महत्तो भन्छन्–‘अहिले स्टेजमा मस्ती मुडका गीत चलिरहेका छन् । यसैले, पनि मैले यसपटक गहकिला शब्द प्रयोग गरेको छैन । टपरी टाइपका शब्द प्रयोग गर्दै यूवापुस्तालाई लक्षित गरेको छु । यो गीत मैले स्टेजमा गाए भने दर्शक झुम्ने कुरामा विश्वस्त छु ।’
करिब १ बर्ष अगाडि यो गीत तयार गर्ने सोच पलाएको भन्दै अहिले दर्शकमाझ आउँदा आफू उत्साहित भएको बताए ।
निशान घिमिरेले निर्देशन गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी छ । यो भिडियोमा अनिल थापा र श्रृष्टी खड्काको मोडलिङ छ । निर्देशक घिमिरेले भिडियोको बारेमा भने–‘यो भिडियोमा हामीले गीतको भावलाई मर्न दिएका छैनौ । यसपटक, साउथ शैलीमा भिडियो बनाएको छु । करिब ४ लाखमा तयार भएको यो भिडियोले दर्शकलाई झुमाउने छ ।’
भिडियोमा मोडल श्रृष्टी खड्का बोल्ड देखिएकी छिन् । निर्देशक घिमिरे भिडियोका लागि लोकेशनको डेकोरेशन पनि गज्जबले गरेको बताउछन् । नेपालमा अहिले म्यूजिक भिडियो निर्माणमा पनि मिहिनेत गर्न थालिएको छ । निशानको यो भिडियोले त्यही कुराको संकेत गर्छ ।

भिडियो हेर्नुहोस् :–


New Nepali Dancing song 2018 Nachau Gaaun Jhumau
Singer:Manoj Mahato
Lyrics:Kishor Chaudhary/R.K Chaudhary
Music:S.k Pariyar
Music Arranger:Maharaj Thapa
RecordingMix:Sajhan Shah
Actors:Anil Thapa/Shristi Khadka
Mua:Nanda Adhikari
Choreographer:Surendra basel
Camera:Utsav Dahal
Editor:Bikash Dahal
Director:Nishan Ghimire

प्रतिक्रिया