Bisal Chautari Logo

सुडानमा सैन्य कू, राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरी हिरासतमा

- २९ चैत्र २०७५, शुक्रबार ०५:४७ मा प्रकाशित


SUDAN PRESIDENT OMAR AL BASIR ARRESTED

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २९, शुक्रवार।
सुडानमा सैन्य कू भएको छ । तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमर अल बसिरलाई पक्राउ गरी सैन्य शासन लागू गरिएको हो ।

सेनाले शक्ति हातमा लिँदै राष्ट्रपति बसिरलाई पक्राउ गरेपछि हजारौं सुडानी प्रदर्शनमा उत्रिएका छन् ।

राष्ट्रपति ओमरको विरोधमा महिनौंदेखि प्रदर्शन गर्दै आएकाहरुले सैन्य शासन पनि ओमरको शासनभन्दा फरक नहुने भन्दै प्रदर्शन गरेका हुन् । हजारौं प्रदर्शनकारीले राजधानी खार्तुमसहितका ठाउँमा प्रदर्शन गरेका हुन् ।

नयाँ सैन्य काउन्सिलले लगाएको कर्फ्यु तोड्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रजातान्त्रिक शासनको ग्यारेन्टी नभएसम्म सडकमै बस्ने चेतावनी प्रदर्शनकारीहरुले गरेका छन् । सैन्य काउन्सिल पनि ओमरकै शासन सत्ताभित्रै रहेकाले त्यसको विरोध गरिएको प्रदर्शनकारीले बताएका छन् ।

सैन्य ‘कू’पछि सुरु भएको नयाँ विरोध प्रदर्शनले सेना र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुने खतरा बढाएको छ ।

प्रतिक्रिया