Bisal Chautari Logo

पारस खड्कालाई बेहुला लुक्समा हेर्नुहोस् (फोटो फिचर)

- १३ फाल्गुन २०७१, बुधबार १४:२० मा प्रकाशित


paras khadka marriage with prapti rajya laxmi rana
काठमाडौ, २०७१, फल्गुन १३, बुधबार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ‘क्याप्टेन’ पारस खड्का बुधबार होटल साङ्ग्रिलामा कलेजी रङगको कोटसँगै नेपाली टोपीमा सजिएका छन् । आज बुधबार प्राप्ति राज्यलक्ष्मी राणासंग स्वयंवर थियो ।paras khadka marriage with prapti rajya laxmi rana (1)
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले केही वर्षदेखिको प्रेम सम्बन्धलाई टुङगोमा पुर्‍याउँदै बिहीबार उनले आफ्नो बुद्धनगरस्थित निवासमा प्राप्ति राज्यलक्ष्मी राणालाई भित्रयाउँदैछन् ।
दुबो अनि रातो गुलाबको मालामा सजिएर स्वयंवरका लागि साङग्रिला पुगेका पारस रोयल लुक्समा देखिन्थे । घ्यु रङगको लबेदा सुरुवालमा सजिएर हिँडेका पारस कालो चश्मा र लेसवाला लेदर ब्ल्याक सुजमा निकै ह्यान्डसम देखिएका छन् ।
दाहिने हातको साहिँली औँलामा इन्गेजमेन्ट रिङ र कानमा हीराको टप लगाएका पारस रेखीमात्रै देखिने हल्का जुङगामा थिए ।

paras khadka marriage with prapti rajya laxmi rana (3)
पारस र प्राप्तीबीच दुई वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो । प्राप्ति काठमाडौं स्व. दिपविक्रम राणा र गौरी राज्यलक्ष्मी राणाकी छोरी हुन् । पारस र प्राप्तिको जोडी लामो समयदेखि प्रेममा भएपनि उति चर्चामा आएको थिएन । उनीहरु सार्वजनिक ठाउँमा पनि कम देखिएका छन् । एक पटक मात्र यो जोडी सँगै गोकर्ण रिसोर्ट पुगेको फोटो सार्वजनिक भएको थियो ।
२०४४ सालमा जन्मिएका पारस नेपाली राष्ट्रिय टोलीका भरपर्दो खेलाडी हुन् । प्रथम स्तरको क्रिकेटमा २००४ मा मलेसिया विरुद्धको खेलमा डेब्यु गरेका पारसको नेतृत्वममा रहेको नेपालले डिभिजन ४, डिभिजन ३ जितिसकेको छ भने यसै वर्ष नेपालले नामिबियामा डिभिजन २मा उत्कृष्ट प्रदरर्शन गर्दै डिभिजन एकमा बढुवा भएको हो ।
नोट : (सबै तस्बिर पहिलो पोष्टडटकमबाट)

यो पनि पढ्नुहोस् । Click

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”8615,8620,8619,8618,8617,8616,8613″]

प्रतिक्रिया