Bisal Chautari Logo

खोटाङमा खेलाडीलाई बिद्यालयको सम्मान

- ३० जेष्ठ २०७२, शनिबार ०६:५७ मा प्रकाशित


KHOTANG appreciation the player’s school
विशाल चौतारी समाचार
खोटाङ, २०७२ जेष्ठ ३० शनिबार । खोटाङको सरस्वती माबि दिक्तेलले दुई खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रपतिकप रनिङ शिल्डको राष्ट्रिय प्रतियोगीताकालागि छानिएका रितोरियो कराते खेलाडी विद्याकला राई र अर्जुन श्रेष्ठलाई बिद्यालयले शुक्रबार सम्मान गरेको हो । पोखरामा आगामी असार–५ देखि ७ गतेसम्म सञ्चालन हुने राष्ट्रपतिकपको राष्ट्रिय प्रतियोगीतामा सफलताको कामना गर्दै खेलाडीलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । उनीहरुलाई विद्यालयले जनही पााच हजार र प्रशंसापत्रकासाथमा सम्मान गरेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
सरस्वती माबिमा अध्यायनरत विद्याकला ४७ केजी समुह र अर्जुन ५२ केजी समुहमा सुनसरीमा आयोजन गरिएको क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाट रितोरियो करातेतर्फ राष्ट्रिय प्रतियोगीताका लागि छानिएका हुन् । राष्ट्रिय प्रतियोगीताकालागि राई र श्रेष्ठबाहेक दिक्तेल इंसिल बोर्डिङ स्कुलका रोशन गुरुङ समेत छनौटमा परेका छन् । क्षेत्रीय प्रतियोगीताबाट उनीहरुले सितोरियो करातेतर्फ जिल्लालाई तीन स्वर्ण, दुई कास्या र तीन रजत पदक दिलाएका थिए ।
यसपल्टको क्षेत्रीय प्रतियोगीतामा खोटाङले महिला र पुरुषतर्फ क्षेत्रमै समुह प्रथम स्थान हासिल गरेको नेपाल सितोरियो कराते संघका उपाध्यक्ष मिलन कसजुले जनाए ।

प्रतिक्रिया