Bisal Chautari Logo

विकाशले सुविनलाई राम्रो पारिश्रमिक दिदै ‘समर लभ’मा ‘नाई नभन्नु ल ५’ बन्ने पक्का गरे

- ३२ जेष्ठ २०७२, सोमबार ०६:०० मा प्रकाशित


bikash acharya Giving paid subin bhattarai Summer Love in nai nabhannu la 5 to be sure
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ ३२ सोमबार । चर्चित अनी सफल निर्देशक निर्माताको रुपमा अगाडी रहेका विकाश आचार्यले सुविन भट्टराईलाई राम्रो पारिश्रमिक दिदै ‘समर लभ’मा ‘नाई नभन्नु ल ५’ बन्ने पक्का गरेका छन् ।

bikash acharya Giving paid subin bhattarai Summer Love in nai nabhannu la 5 to be sure
हुनत, यसअघि नै निर्मात्री कविता श्रेष्ठले ‘समर लभ’ नाममा चलचित्र बनाइसकेकी छिन् । तर, यो चलचित्रको कथावस्तु पुस्तक ‘समर लभ’ माथि आधारित छैन । यसैले पनि निर्माता तथा निर्देशक विकास आचार्यले ‘समर लभ’को कथालाई चलचित्र नाई नभन्नु ल ५ को पर्दामा उतार्ने तयारी गरेका हुन् । ‘नाई नभन्नु ल ५’मा ‘समर लभ’को कथालाई उतारिने निर्देशक विकास आचार्यले बताएका छन् । उनले कथावस्तु सुविन र आफू बसेर तयार पार्ने बताए ।
निर्देशक आचार्यले यसका लागि आफूले सुविनलाई राम्रो पारिश्रमिक पनि दिएको बताए । आचार्यले यस विषयमा बोल्दै भने –‘विश्वमा पुस्तकमाथि चलचित्र बनाउँदा लेखकले राम्रो पारिश्रमिक पाएका छन् । नेपालमा पनि यसको सुरुवात हुन जरुरी छ । मैले सुविन जीलाई राम्रो पारिश्रमिक दिएको छु ।’
यता लेखक सुविन भट्टराइले पनि चलचित्र बनाउन आफूले अनुमती दिएको बताएका छन् । उनले सबै कुरा मिलेको र आफू सन्तुष्ट भएकाले पुस्तकमाथि चलचित्र बनाउनका लागि अनुमती दिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया