प्रेमी विदेशमा, प्रेमिकाले गरिन् बिहे: बिहेकै रात जन्मियो बच्चा

A baby born in the night
विशाल चौतारी समाचार
लहान, २०७४ माघ २९ सोमबार । सिरहा सुखिपुर नगरपालिका ४ का उमेश मोचीले माघ २५ गते बिहे गरे । तर त्यही रात दुलहीले बच्चा जन्माएपछि उनी लाजले घर बाहिर निस्कन सकेका छैनन् ।
                                                                                                                          फाइल फोटो

बरियारपट्टी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग बिहे गरेका थिए । तर, घर भित्राएकै रात शोभाले छोरालाई जन्म दिएपछि परिवारका सदस्य आश्चर्यमा परे। उमेशको परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए ।
शोभालाई उमेशले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माइत पठाएका छन् । उनी यसरी फिर्ता भएपछि परिवारकै तथा छरछिमेकमा तनाव बढेको स्थानीय नथुनी रामले बताए ।
उनले भने, ‘शोभासँग सोधपुछ गर्दा शैलेन्द्ररामसँगै प्रेम गरेको र उनीसँगै शारीरिक समबन्ध राख्दा गर्भ बसेको बताएकी छन् । त्यसपछि शोभालाई शैलेन्द्रको घर पठाइएको छ । प्रेमी भनिएका युवक साउदी अरबमा रहेका कारण समस्या भएको छ ।’