Bisal Chautari Logo

कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट

- ४ मंसिर २०७४, सोमबार ०६:०४ मा प्रकाशित


A bomb blast in the Congress candidate’s car
विशाल चौतारी समाचार
बारा,२०७४ मंसिर ०४ सोमवार । नेपाली कांग्रेसको प्रदेशसभाका उम्मेदवार चढेको गाडीम बस प्रहार भएको छ । बारा क्षेत्र नम्बर ४ (क) का उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी प्रचारमा रहेको बा १४ च ६३३० नम्बरको गाडीमा बम विस्फोट भएको हो ।
जितपुरसिमरा उपमहानगरपालिका १ सिमरास्थित गाडी चालक राधाकृष्ण ठकुरीको घरमा रोकिरहेको अवस्थामा सोमबार बिहान ५.३० बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट गाडीमा क्षति पुगेको छ ।

 

प्रतिक्रिया