Bisal Chautari Logo

वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी

- १४ मंसिर २०७४, बिहीबार ०७:०९ मा प्रकाशित


A fire in the Left’s candidate’s vehicle
विशाल चौतारी समाचार
धनगढी,२०७४ मंसिर १४बिहिवार । अज्ञात समुहले कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा आगजनी गरेका छन् ।
वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ ।
आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन ।प्रहरीले आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको घिमिरेले जनाएका छन् ।

प्रतिक्रिया