Bisal Chautari Logo

धनकुटामा दुई सरकारी कार्यालयमा आगजनी, अनिश्चितकालीन कर्फ्यू जारी

- ४ माघ २०७४, बिहीबार १०:४८ मा प्रकाशित


A fire in two government offices in Dhankuta
विशाल चैतारी समाचार
धनकुटा ,२०७४ माघ ४ बिहिबार । धनकुटालाई प्रदेश नम्बर १ को अस्थाई राजधानि नतोकेको भन्दै बिहीबार बिहानैदेखि धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप हुनुका साथै सरकारी कार्यालय आगजनी भएको छ । आन्दोलन नियन्त्रण गर्न नसकेपछि स्थानीय प्रशासनले धनकुटामा अनिश्चितकालको लागि कर्फ्यू लगाएको छ।
आक्रोशित भएर सरकारी कार्यालय, सवारी साधन र बजारमा तोडफोड र आगजानी गर्दै प्रहरीसंग झडप गर्न थाले पश्चात् स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। स्थानीय प्रशासनले बजारमा माईकिङ गरेर कर्फ्यू लगाएको हो।
आन्दोलनकारीले दुईवटा सरकारी कार्यालयमा आगजनी समेत गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरेका हुन् बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वति चोकमा शसस्त्र प्रहरी र बन्दकर्तावीच झडप पनि भएको थियो ।
प्रदर्शनकारीले मदनचोकमा प्रहरीको गाडी नै फुटाएका छन् । प्रहरी प्रमुख सवार ना।१ झ १३१४ नम्बरको गाडी तोडफोड र तीनवटा मोटरसाईकल फुटाएका छन् । को। २९ प ३७५४, को। ३२ प ४४०० र यलम्बर चोकमा को। १८ प ७३९३ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो ।

प्रतिक्रिया