Bisal Chautari Logo

प्रिमियरमा ‘ए मेरो हजुर २’ लाई उत्कृष्ट प्रतिक्रिया (फोटो तथा भिडियो सहित)

- १६ भाद्र २०७४, शुक्रबार ११:३२ मा प्रकाशित


A Mero Hajur 2 red carpet premiere
विशाल चौतारी समाचार
साउथ डाकोटा, २०७४ भाद्र १६ शुक्रबार । आजबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर २’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा हिजो बिहिबार बेलुकी आयोजना गरिएको थियो । लभ स्टोरी कथामा बनेको चलचित्रलाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । चलचित्र हेर्ने अधिकांशले साधारण प्रेमकथालाइ निकै रमाइलो र मार्मिक ढंगल अगाडि बढाइएको बताउादै दर्शकले पनि यो चलचित्र मन पराउने विश्वास व्यक्त गरे ।
नेपाली चलचित्र क्षेत्रका धेरै चिनिएका अनुहारका साथमा पत्रकारहरुको बाक्लो उपस्थितीमा चलचित्रको प्रिमियर आयोजना गरिएको थियो । अभिनेत्री झरना थापाको डेब्यू निर्देशन भएकाले पनि अभिनेत्रीहरु चलचित्रको प्रिमियरमा बाक्लो रुपमा उपस्थित थियो । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । सुनिलकुमार थापाले यो चलचित्रको निर्माण गरेका हुन् ।
चलचित्र हेर्नका लागि अभिनेत्रीहरु रेखा थापा, संचिता लुइटेल, नीता ढुंगाना, आचल शर्मा, अश्लेषा ठकुरी लगायत हलमा पुगेका थिए । यस्तै, नायक रमेश उप्रेती, पल शाह, निर्देशक दीपाश्री निरौला, गायिका इन्दिरा जोशी पनि हलमा उपस्थित थिए ।

 

प्रतिक्रिया