Bisal Chautari Logo

एक चम्मच नुनले बनाउँछ सुन्दर अनुहार, यसरि प्रयोग गर्नुहोस्

- १७ माघ २०७४, बुधबार १३:०६ मा प्रकाशित


A spoonful of salt makes beautiful face, use it
विशाल चैतारी समाचार
काठमाण्डौ, २०७४ माघ १७ बुधबार । प्राय हेरेका मान्छेले बर्सातको मौसममा अनुहारमा पिम्पलको समस्या झेल्नु परेको हुन्छ । झनै किशोर किशोरीहरुमा पिम्पल धेरै आउने गर्दछ । जसको अुहार९छाला० ओइली हुन्छ, त्यस्ता व्यक्तिले हरेक मौसममा पिम्पल आउने समस्या झेल्नुपर्ने हुन्छ ।

कयै मान्छेहरू उपचारका लागि कस्मेटिक धाउने गर्छन् । कस्मेटिकको सामनले केही समयको लागि ठिक गरे पनि केही समया पछि पुन देखिन थाल्छ । कस्मेटिकमा साह्रै महंगा पनि हुन्छन् र यिनमा मिसाइको रसायनले छालामा नराम्रो असर पनि पार्छ ।
तर कस्मेटिकको प्रयोग नगरी घरैमा प्रकृतिक उपचार गर्न सकिन्छ । कम खर्चिलो र छालालाइ पनि असर गदैन । र सधैंका लगी पिम्पलको समस्याबाट छुटकरा पाउन सकिन्छ । यो उपाय महिला र पुरुषका लागि बराबर उपयुक्त हुन्छ ।
तपाइले नियमित रूपमा नुनको प्रयोगबाट सजिलै पिम्पल हटाउन सक्नु हुनेछ । र पिम्पलबाट सधैंका लागि छुटकरा पाउनु हुनेछ ।
यो एउटा उपायबाट तपाईँले क्लीन्जिङ, स्क्रबिङ र मस्चराइजिङको फाइदा लिन सक्नुहुन्छ । जसलाई त्वचाको कम्पलिट देखभाल मानिन्छ । कुनै सिसाको भाँडोमा एक चम्मच नुन राख्नुहोस । त्यसमा सोही मात्रामा मह सिसाएर दुई मिनेटका राख्नुहनेस ।
त्यसपछि अनुहारलाई सफा पानीले पाखाल्नुहोस् र अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि नुन र महको मिश्रण अनुहारमा लगानुहोस् । फेरि हातलाई सफा पानीमा हल्का भिजाउनुहोस् । भिजेको हातले अनुहारमा सर्कुलर मोशनमा बिस्तारै स्क्रबिङ गर्नुहोस् । कम्तीमा ५ मिनेट स्क्रबिङ गरेर अनुहारलाई नर्मल पानीले धुनुहोस् ।
एक हप्तामा कम्तीमा दुईपटक यस्तो गर्नुहोस् । नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । यसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र ब्याक्टेरियाको नाश गर्छ । यस्तै मह प्राकृतिक मस्चराइजर हो । जसले त्वचालाई नरम बनाउनुका साथै त्वचामा निखार पनि ल्याउँछ ।

प्रतिक्रिया