Bisal Chautari Logo

आँचलबिनै आकाश बिन्दास || चलचित्र ‘ब्ल्याक’को ‘चंगा जस्तै मन चैट’ गीत सार्वजनिक (भिडियो सहित)

- २५ फाल्गुन २०७४, शुक्रबार ०५:२६ मा प्रकाशित


Bisalchautari Tv – Video

Aakash Shrestha and Aanchal Sharma Black movie song Changa Jastai
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन २५, शक्रबार । जेठ ११ गतेलाई प्रदर्शनको मिति तय गर्दै चलचित्र ’ब्ल्याक’ को पहिलो गीत रिलिज गरिएको छ । ‘चंगा जस्तै मन चैट’बोलको गीतमा प्रतिक पौडेलको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य नायक आकाश श्रेष्ठ लगायत युवा कलाकारहरु फिचरिङ छन् ।
युवा पुस्ताको पार्टी र जर्नीलाई देखाइएको गीतको भिडियो उच्च स्तरको बनेको छ । रामजी लामिछानेको कोरियोग्राफी र रामशरण पाठकको सिनेम्याटोग्राफी प्रशंसनिय छ । चार बर्षपछि फिल्म निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले ब्ल्याक युवा पुस्ता लक्षित फिल्म रहेको बताए । निर्मात्री आश्मा पाण्डे पनि फिल्मबाट आशावादी देखिइन् ।
मौनता श्रेष्ठको कथा रहेको फिल्ममा आकाशको अपोजिटमा नायिका आँचल शर्मा प्रस्तुत भएकी छन् । फिल्म शत्रुगतेको प्रोमोशका लागि राजधानी बाहिर रहेका कारण आँचल बिहिबारको प्रेसमिटमा उपस्थित हुन सकिनन् ।
‘ब्ल्याक’ मा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा लिड अभिनयमा छन् । सम्पादन अर्जुन जिसीको छ । फिल्मलाई राजधानीमा गोविन्द शाही र मोफसलमा उज्जल पौडल तथा मनोज राठीले वितरणको जिम्मा लिएका छन् ।

गीत हेर्नुहोस् :–


New Movie Song 2018 || Changa Jastai || Black || Aakash Shrestha, Aanchal Sharma
Vocal / Lyrics / Music: Pratik Paudel
Choreographer: Ramji Lamichhane
Cast: Aakash Shrestha, Aanchal Sharma, Sundar Shrestha, Aayush Rijal, Sushil Chhetri, Dhiren

प्रतिक्रिया