Bisal Chautari Logo

चलचित्र ‘आमा’को फस्टलुक सार्वजनिक

- १७ आश्विन २०७६, शुक्रबार ०६:३२ मा प्रकाशित


aama movie – first looks
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ असोज १७ शुक्रवार ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र‘आमा’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा नायिका सुरक्षा पन्तले कपाल मुण्डन गरेकी छिन् ।

नेपाली समाजमा छोरीले आमा–बुबाको निधनपछि दागवत्ती दिन हुदैन भन्ने चलन छ । तर, चलचित्रले यो प्रथाको विरुद्धमा बोलेको पोष्टर हेर्दा अनुमान लगाउन सकिन्छ । चलचित्रमा शिर्ष भूमिकामा कलाकार मिथिला शर्मालाई देख्न सकिन्छ । दीपेन्द्र के खनालकै कथा रहेको चलचित्रलाई खनालले नै खिचेका हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यो चलचित्रमा शर्मिला पाण्डेको लगानी छ । चलचित्रले फागुन ९ गतेलाई रिलिज मिति पक्का गरेको छ । निर्देशक खनालले ‘पशुपति प्रसाद’पछि दर्शकले अर्को मन छुने चलचित्र हेर्न पाउने छन् । चलचित्रको फस्टलुकले यो कुराको भान दिएको छ ।

प्रतिक्रिया