‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

Aanchal Sharma And Aashma Biswokarma 
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ भाद्र २४ मंगलवार।
आशिष सचिन (गौतम) र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ ।

गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन (माकुरी) फिर्चड छन् ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ । अर्जुन तिवारीले खिचेको म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई दिपक आर्चायले निर्देशन गरेको हुन् ।