Bisal Chautari Logo

‘घामड शेरे’को फस्टलुक सार्वजनिक || निश्चलको फरक रुप

- ३१ भाद्र २०७६, मंगलवार १४:४१ मा प्रकाशित


ghamat sere movie poster
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ भाद्र ३१ मंगलवार।
चलचित्र ‘घामड शेरे’को फस्टलुकका साथै दर्शन मिति सार्वजनिक भएको छ । निर्देशक हेमराज बिसी निर्देशन गरेको चलचित्र विषयमा लामो समयदेखि विभिन्न खालको चर्चा चले पनि पहिलो पटक निर्माण पक्षले प्रचारप्रसार सामाग्री सार्वजनिक गरेको हो ।

चलचित्रमा रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहे पनि फस्टलुकमा निश्चललाई मात्र स्थान दिइएको छ । यसै गरी चलचित्र कात्तिक ८ गतेबाट प्रदर्शनमा आउनेछ । निश्चल चलचित्रको शीर्ष भूमिकामा छन् भने स्वस्तिमाले उनको श्रीमतीको भूमिका निभाएकी छिन् ।
रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको बताइएको यस चलचित्रमा निश्चल र स्वस्तिमाका साथमा सुष्मा निरौला, लोकेन्द्र लेखक, गौरी मल्ललगायतको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया