Bisal Chautari Logo

विमानमा चरा ठोकिए पछि आकस्मिक अवतरण

- ३० कार्तिक २०७४, बिहीबार ०९:५१ मा प्रकाशित


Accidental explanation after the bird crash on the plane
विशाल चौतारी समाचार
नयाँ दिल्ली, २०७४ कात्तिक ३० बिहिवार । भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको खबर छ ।
                                                                                                                              फाइल फोटो

तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै सो विमानमा चरा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानलाई पुनःफर्काएर सोही विमानस्थलमा अवतरण गराइएको थियो ।
सो चेन्नई दोहा इन्डिगो फ्लाइट बिहीबार बिहानी पख सवा २ बजे उडेका थियो । पछि सो विमानमा चरा ठोक्किएपछि पुनःअवतरण गराएर अर्काे विमानमा यात्रुलाई राखी उडान सञ्चालन गरिएको थियो ।
विहान सवा ४ बजे पुनःअर्काे विमानबाट उडान भरिएको थियो । चरा ठोक्किएको सो विमानमा सामान्य दाग देखिएको छ । उक्त विमान मर्मतका लागि ग्राउण्डेड गरिएको बताइएको छ । रासस

 

प्रतिक्रिया