Bisal Chautari Logo

ज्योतीसशास्त्र अनुसार यी चार राशि भएका पुरुषले सुन्दर पत्नी पाउँछन्

- २० माघ २०७४, शनिबार १०:०९ मा प्रकाशित


According to astrology, these four zodiac men get beautiful wives
एजेन्सी
काठमाडौँ ,२०७४ माघ २० शनिबार । हरेक व्यक्तिका आ–आफ्नै चाहना हुन्छन् । त्यस्ता चाहनाहरू समय–समयमा प्रकट पनि हुन्छन् । प्राय हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु ।
                                                                                                                               फाइल फोटो

तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस् । यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ । अर्थात् राशिअनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय शास्त्रमा उल्लेख गरेको पाइन्छ ।
तुला राशि
सुन्दर श्रीमती पाउनुलाई भाग्यसँग जोडिन्छ । र त्यसआधारमा तुला राशि भएका व्यक्ति सबैभन्दा भाग्यमानी मानिन्छन् । तुला राशि भएका व्यक्ति धेरै इमोशनल र समझदार हुन्छन् । यस्ता राशि भएका व्यक्तिको प्रमुख विशेषता हो कि यिनीहरू आफ्नो पार्टनरसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल हुन्छन् ।
कन्या राशि
कन्या राशि भएका पुरुष धेरै सुन्दर हुने विश्वास छ । यस्तो राशि भएका व्यक्ति कुरा गर्नमा पनि सिपालु हुन्छन् । कन्या राशि भएका व्यक्तिमा खास गरेर केटीलाई पट्याउने अनौठो कला पनि हुन्छ । जसकारण उनीहरू सुन्दर केटीलाई आफ्नो जीवनसाथी बनाउन सफल हुन्छन् ।
कर्कट राशि
शास्त्रमा वर्णन गरिए अनुसार कर्कट राशि भएका व्यक्ति पनि भाग्यशाली मानिन्छन् । यो राशि भएका व्यक्ति धेरै दूरदर्शी हुन्छन् । यसको अतिरिक्त यो राशि भएका व्यक्ति भविष्यका लागि सजग पनि हुन्छन् ।
यस्तो राशि भएका व्यक्ति केटीको चाहना बुझ्न माहिर मानिन्छन् । कुनै महिलालाई के चाहिएको छ भन्ने कुरा कर्कट राशि भएका पुरुषले सजिलै बुझ्न सक्छन् । साथै केटीलाई कसरी आफूप्रति आकर्षित गर्ने भन्ने विषयमा पनि कर्कट राशि भएका पुरुषहरू धेरै सजक हुन्छन् । यो राशि भएका धेरै व्यक्ति प्रेम विवाह  गर्छन् ।
मकर राशि
मकर राशि भएका व्यक्ति धेरै रोमान्टिक मानिन्छन् । आफ्नो पार्टनरलाई सरप्राइज दिन उनीहरूलाई विशेष ज्ञान हुन्छ । उनीहरू अचानक खुसी बनाउन पनि माहिर हुन्छन् ।
मकर राशि भएका व्यक्ति धेरै ‘क्यूट’ र रोमान्टिक व्यक्तित्वको हुन्छन् । जसकारण पनि केटीले यस्ता राशि भएका पुरुषलाई मन पराउँछन् ।

प्रतिक्रिया