Bisal Chautari Logo

अलग अभियानको कात्तिक शृङ्खलामा गायक तथा सङ्गीतकार मिलन र कवि चन्द्र सुनिए

- २६ कार्तिक २०७४, आईतवार १५:३२ मा प्रकाशित


alag abhiyan – milan singh and chandra ranohachha
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक २६, आइतबार । अलग अभियानको कात्तिक शृङ्खलामा गायक तथा सङ्गीतकार मिलन सिं र कवि चन्द्र रानाहाछा सुनिए ।
सिंले अहिलेका कलाकारहरुलाई धेरै अवसर भएको तर अनुशासनमा ध्यान दिनुपर्ने बताउादै ‘म हुा तिम्रो पुजारी’, ‘मायालु भन्दै’, ‘माया तिमीलाई’, ‘भनिदेऊ आज’ बोलका गीत सुनाए । कवि चन्द्रले ‘आमाको सम्झना’, ‘आपाको शालिक’, ‘अपूर्णताको अन्त्यपछि’, ‘हुरी चल्न साथ’, ‘आाधीको यात्रा’ शिर्षकका कविता सुनाए । उनले अलग अभियान साहित्य र सङ्गीतको सङ्गम भएको कारण अलग भएको बताए ।
अतिथिहरुको अलवा अविनाश भट्टराई, सुनिता गिरी, रामगोपाल आाशुतोष, उत्तम लिम्बु लगायतले कविता वाचन गरे भने आभा मुकारुङ, रेवत राई, अन्जना चाम्लिङ, सुरस्मा लामिछाने लगायतले गीत सुनाउादा मण्डल साम्पाङ, यमकुमार समाल र नाकिमा नाकिमले वाद्यवादनमा साथ दिए ।
अलग अभियानले हरेक महिना साहित्य र सङ्गीतको शृङ्खला आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया