Bisal Chautari Logo

अम्बर गुरुङको अन्तिम बिदाईमा…… (फोटो फिचर तथा भिडियो सहित)

- २६ जेष्ठ २०७३, बुधबार ०६:०६ मा प्रकाशित


Amber Gurung last condolence
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : बिशाल राई
काठमाडौ, २०७३ जेठ २६ बुधबार । वरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानको साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उपप्रधान एवं रक्षामन्त्री भीम रावल आर्यघाट पुगेर गुरुङलाई राष्ट्रिय झन्डा ओढाएका थिए । नेपाली सेनासहितका सुरक्षाकर्मीले गुरुङको सम्मानमा सलामी दिएको छ ।
Amber Gurung last condolenceग्रान्डि अन्तराष्ट्रिय अस्पतालमा हिजो बिहान २ बजेर ३७ मिनेटमा निधन भएका गुरुङको पार्थिव शरीरलाई ११ बजेदेखी अपरान्ह ३ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा राखिएको थियो ।

Amber Gurung last condolence (1)अन्तिम श्रद्धान्जलीमा सेलिव्रेटिहरु 

अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा राखिएको पार्थिव शरीरलाई ११ बजेदेखी अपरान्ह ३ बजेसम्म सेलिव्रेटिहरुको आएका थिए । अम्बर गुरुङद्धरा संगीतवद्ध राष्ट्रिय गान ‘सयौ थुंगा फुलका हामी’ राष्ट्रगानका चर्चित गायक राजेश पायल राई अन्तिम श्रद्धान्जली दिनका लागी सबैभन्दा अगाडी पुगेका थिए । त्यस्तै चर्चित गायकहरु रामकृष्ण ढकाल, शम्भुजित बास्कोटा, आनन्द कार्की, प्रमोद खलेर लगायत धेरै गायकहरु उपस्थित रहेका थिए ।
Amber Gurung last condolence rajesh payal rai  (3)त्यहाबाट निकालिएको शव यात्रा कमलपोखरी–गौशाला हुदै आर्यघाट पुगेको हो । सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीदेखि हजारौं सर्वसाधारण गुरुङको अन्तिम विदाईका लागि आर्यघाट पुगेका थिए । बौद्ध धर्म अनुसार बिहान पूजा गरिएपछि आर्यघाटमा भने हिन्दु संस्कार उनुसार उनको दाहसंस्कार गरिएको हो ।
Amber Gurung last condolence (16)विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा गुरुङको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई गुरुङले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभयो । उनको पहिलो गीत ‘नौलाख तारा उदाए..विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए । उनी २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित भएका थिए । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बााध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उनले सङ्गीतबद्ध गरेका थिए । त्यस्तै ‘फर्केर हेर्दा, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा उनले संगीत भरेका छन् ।
Amber Gurung last condolence (15)त्यसैगरी गुरुङले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए. ‘म अम्बर हु, तिमी धर्ती. लगायत करिब ५०० गीतमा सङ्गीत भरेका थिए । अम्बर गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए । सरकारले उनलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भरेका थिए भने भने छर सात सय गीत उनकैशब्द र स्वरमा रहेका छन् ।

हेर्नुहोस् अन्तिम बिदाईका तस्बिरहरु :

Amber Gurung last condolence tayahangma rai  (2)

Amber Gurung last condolence rajesh payal rai  (4)

Amber Gurung last condolence (24)

Amber Gurung last condolence rajesh payal rai  (2)

Amber Gurung last condolence rajesh payal rai  (1)

Amber Gurung last condolence rajesh payal rai  (5)

Amber Gurung last condolence tayahangma rai  (1)

Amber Gurung last condolence indira joshi

Amber Gurung last condolence (20)

Amber Gurung last condolence (19)

Amber Gurung last condolence (18)

Amber Gurung last condolence (17)

Amber Gurung last condolence (13)

Amber Gurung last condolence (12)

Amber Gurung last condolence (11)

Amber Gurung last condolence (10)

Amber Gurung last condolence (9) Amber Gurung last condolence (8) Amber Gurung last condolence (4)

Ambar gurung death wife bina crying (2)

Ambar gurung death wife bina crying

Ambar gurung death wife bina crying (4) Ambar gurung death wife bina crying (3) Ambar gurung death wife bina crying (1)

प्रतिक्रिया