Bisal Chautari Logo

एम्बुलेन्स दुर्घटनाः पाँच घाइते

- २९ मंसिर २०७४, शुक्रबार ०८:३८ मा प्रकाशित


Ambulance accident: Five injured
विशाल चौतारी समाचार
विराटनगर, २०७४ मंसिर २९ शुक्रवार । मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
                                                                                                                        फाइल फोटो

इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा एम्बुलेन्स चालक इलाम–६ बस्ने सुनील राईको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा सवार सोही ठाउँका शिशिर शेर्मा, लिम्बू, प्रमिला कार्की, रमिला लिम्बू र नेपाल खड्काको अवस्था भने सामान्य रहेको बताइएको छ । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । रासस

प्रतिक्रिया