Bisal Chautari Logo

मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

- १ मंसिर २०७४, शुक्रबार ०७:३३ मा प्रकाशित


American citizen died when motorcycling stopped
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०१ शुक्रवार । काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ ।
बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचार गर्दागर्दै आज बिहान उहाँको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनका चालक र सवारी साधनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया