Bisal Chautari Logo

इन्टाग्रामले युवाहरुको मानसिक स्वास्थ्यमा नकारात्मक असर

- ३० असार २०७४, शुक्रबार ११:२५ मा प्रकाशित


knowledge of Science
एजेन्सी, बेलायतमा गरिएको एक सर्भेले सामाजिक सञ्जाल इस्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि सबैभन्दा खराब भएको देखिएको छ ।उक्त मतसर्वेक्षणमा १४ देखि २१ वर्ष उमेरका १ हजार ४७९ जना युवाहरुलाई शीर्ष पाच सामाजिक सञ्जालमध्ये कुनले बढी नकारात्मक प्रभाव पारेको सोधिएको थियो ।

knowledge of Scienceजसमा चिन्ता, निराशा, एकाकीपन, धम्की र शरीरको छविलाई आधार बनाइएको थियो । रोयस सोसाइटी फर पब्लिक हेल्थ स्टडीले सामाजिक सञ्जालको व्यापक प्रयोगलाई निरुत्साहित गर्नुपर्ने र मानिसक समस्या भएका प्रयोगकर्ताको पहिचान गर्नुपर्ने बताउाछन् । रिपोर्टले भन्छ, समाजिक सञ्जालले युवाहरुको लागि मानसिक समस्या बढाइरहेको छ । अन्य उमेर समूहको तुलनामा सबैभन्दा बढी ९० प्रतिशत युवा सामाजिक सञ्जालमा सक्रिय छन् । त्यही भएर उनीहरु यसका प्रभावबाट सबैभन्दा बढी खतरामा रहेका छन् ।

यद्यपि, अहिलेको अध्ययनले यस्ता खतरा के केमा हो भनेर चाहीा प्रष्ट पारेको छैन । इस्ला अहिले २० वर्षकी भइन् । टिनएजर हुादा उनी समाजिक सञ्जालमा सक्रिय थिइन् । शुरुवातमा उनलाई समाजिक सञ्जालबाट आफूलाई महत्व दिइएको भान भयो । तर, विस्तारै उनी वास्तविक जीवनभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय हुन थालिन् जसले उनलाई १६ वर्षको उमेरमा नै डिप्रेसनमा पुर्यायो ।
तर, पछि उनी यसबाट उम्कन पनि सफल भइन् । अहिले समाजिक सञ्जाललाई नै उनले सकारात्मक रुपमा प्रयोग गर्न सुरु गरेकी छिन् । उनी मानसिक स्वास्थ्यबारे लेख्छन् र मानिसहरुसाग कुरा गर्छन्, उनीहरुलाई यसबारे सचेत गराउाछिन् । अनलाइन गरिएको सर्वेक्षणमा युट्युव, इन्सटाग्राम, स्नापच्याट, फेसबुक र ट्वीटरले आफ्नो मानसिक स्वास्थ्यमा कस्तो पारिरहेको भनेर सोधिएको थियो । जसमा युट्युवबाट सबैभन्दा सकारात्मक प्रभाव परेको र स्नापच्याट र इन्सटाग्रामबाट सबैभन्दा बढी नाकारात्मक प्रभाव परेको नतिजा आएको थियो ।

प्रतिक्रिया