Bisal Chautari Logo

बडीगार्ड र प्रहरीको सुरक्षा सहित हल पुगे अनमोल,‘कृ’ले गर्यो आक्रमक ब्यापार

- २८ माघ २०७४, आईतवार १०:३१ मा प्रकाशित


 Anmol kc
विशाल चैतारी समाचार
काठमाडौँ , २०७४ माघ २८ आइतबार । यस बर्ष कै बहुप्रतिक्षित चलचित्र ‘कृ’ शुक्रबारबाट प्रर्दशनमा आएको छ । साथै ‘कृ’ले दोश्रो दिन पनि आक्रामक ब्यापार गरेको छ । शनिबार पनि काठमाडौँका अधिकांश सिंगल र मल्टिप्लेक्स हल हाउसफुल रहे ।
काठमाण्डौका क्यूएफएक्स, बीग मुभिज, एफ क्यूब, बीएसआर जस्ता मल्टिप्लेक्स हलमा पनि चलचित्र दिनभरी नै शत प्रतिशत व्यापार गर्न सफल रह्यो । काठमाण्डौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक रहेको वितरक र निर्माताले बताएका छन् । काठमाण्डौ बाहिरका पोखरा, चितवन, वुटवल, नेपालगञ्ज, इटहरी, विर्तामोड, धरान, दमक, हेटौडामा पनि चलचित्रले उच्च कलेक्शन गर्न सफल भएको छ ।
यस्तै चलचित्रको ब्यापार र प्रतिक्रिया बुझ्नका लागि चलचित्र युनिटका साथमा नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी पनि हलहल पुगेका थिए । चलचित्रमा लाउरेको रुपमा दर्शकले निकै रुचाएको र प्राप्त प्रतिक्रियाबाट निकै खुशी रहेको अनमोलले बताए ।

प्रतिक्रिया